तपाईँ सुन्दै हुनुहुन्छः

मेल्लेख गाउँपालिका मंसिर २४ गते साक्षर घोषणा हुँदै

अछाम । अछामको मेल्लेख गाउँपालिकालाई मंसिर २४ गते साक्षरता घोषणा गरिने भएको छ । गाउँपालिका अन्तर्गतका ८ वटा वडाको कुल जनसंख्या मध्ये ९६ दशमलव ५७ प्रतिशत साक्षर भएसंगै साक्षरता पालिका घोषणा गर्न लागिएको हो ।

राष्ट्रिय सूचक र मापदण्डअनुसार आफ्नो गाउँपालिकाले उपलब्धि हाँसिल गरेकोले साक्षर गाउँपालिका घोषणा गर्न लागिएको साक्षरता अभियानका संयोजक तथा मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहोराले बताउनुभयो ।

आज भएको साक्षरता घोषणा तयारी बैठकमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख टोप बहादुर रावलले साक्षर नेपाल घोषणा गर्नको लागि यसरी स्थानीय तह तथा जिल्ला घोषणा अनिवार्य रहेकोले मेल्लेख गाउँपालिका साक्षर घोषणा गरिनु श्रहानीय कार्य रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष बोहराले गाउँपालिकालाई पुर्ण साक्षर गर्नमा पालिकाका वडा स्तरीय जनप्रतिनिधिहरु, शिक्षा शाखा तथा वडा स्थरका उच्चतम विद्यालयहरु प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरुको अमुल्य योगदान रहेको भन्दै पालिकालाई साक्षर घोषणा गर्न लागिएको र यस अभियानलाई सफल पार्नका लागि सबै लाई सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

यसअघि जिल्लाको चौरपाटी गाउपालिका साक्षर घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button