तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा बस र जिप ठोकिदा तीन जना घाईते

डडेल्धुरा । डडेल्धुरामा बस र जीप एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ खस्रा खोलामा बस र जीप एकआपसका ठोकिँदा तिन जना घाईते भएका हुन ।

बुधबार दिपायलबाट धनगढीतर्फ गइरहेको ना४ख ३६०५ नम्बरको बस र डडेल्धुराबाट दिपायलतर्फ गइरहेका से १ज ९०३७ नम्बरको जीप एकआपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

सडक साघुँरो भएका कारण बस र जीप ठोकिएको डडेल्धुरा प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button