तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अपाङ्ग स्वरोजगारलाई सम्मान

मकवानपुर । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा प्रदेश ३ को राजधानी हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवशका अवसरमा हेटौंडामा ¥यालीको आयोजना गरिनुका साथै अपांगता भएका विद्यार्थीहरु विच विभिन्न प्रतियोगिता तथा अपांग भएर पनि स्वरोजगार बन्नुभएका तीनजनालाई प्रशंसापत्र तथा नगद सहित सम्मान गरिएको हो ।

कार्यक्रममा अपाङ भएर पनि स्वरोजगार हुनुभएका तीन जना व्यवसायीलाई नगद सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा–४ की सरिता थापा, हेटौंडा–३ का ईन्द्र बहादुर बस्नेत र हेटौंडा–३ कै सुदर्शन ढकाललाई आफु अपाङ भएर पनि व्यवसाय संचालन गरेर अरूलाइ हौसला प्रदान गरेको भन्दै नगद सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको हो । ३ नम्बर प्रदेश सरकारको आयोजना एवम् अपाङ्ग महासंघ प्रदेश नम्बर ३ कमिटीको सहकार्यमा हेटौंडा स्थित अपाङ्ग महासंघको कार्यालयबाट ¥याली निकालेर वजार परिक्रमा गरि बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा नै उनिहरुलाई समान गरिएको थियो ।

त्यस्तै दिवशका अवसरमा अपांगता भएका विद्यार्थीहरु बिच टिका टाँस, निबन्ध प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा टिका टाँस तर्फ हेटौंडा–९ की मेलीना श्रेष्ठ, हेटौंडा–११ की उर्मिला रुम्बा र हेटौंडा–५ का बुद्ध बाईवा क्रमश प्रथम, द्धतीय र तृतीय भएका थिए । साथै दिवशकै अवसरमा आयोजित निबन्ध प्रतियोगितामा राक्सिराङ–३ की जुना पाख्रिन, कैलाश–३ का धन बहादुर दोङ र हेटौंडा–८ का विशाल बस्नेत तथा चित्रकला प्रतियोगितामा बाग्मति–१ की एलिना रमौली, मनहरी–९ का समिर स्याङवो र भीमफेदी–६ की विपनामाया स्याङतान क्रमश प्रथम, द्धतीय र तृतीय भएका थिए । उनिहरुलाई कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, अपाङ्ग महासंघका प्रदेश ३ का अध्यक्ष अश्वीन लम्साललगायत अपाङ्गता भएकाहरु त्था अपांगताका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button