तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ जिप दुर्घटना : मृतकको नाम खुल्यो (नामसहित)

काठमाडौँ।  गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

मृत्यु हुनेहरु
– रेशम थापा, गुल्मी इस्मा गाउँपालिका–५
– वसुन्धरा कार्की, ४० वर्षीय, इस्मा गाउँपालिका–५
– मैया थापा, २३ वर्षीय
– झुमा कार्की, नवलपरासी वर्दघाट
– लक्ष्मी केसी, ५५ वर्षीय, बागलुङ बडिगाड–५
– सीता कार्की, ४० वर्षीय इस्मा –५ गुल्मी
– तुलसी कार्की, इस्मा
– भूमि कार्की ४५ वर्षीय, इस्मा
– मीना कार्की २५ वर्षीय, इस्मा गुल्मी
– धनबहादुर कार्की इस्मा गुल्मी
– झवि कार्की, ४० वर्षीय, इस्मा गुल्मी

अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button