तपाईँ सुन्दै हुनुहुन्छः

संघीयताले सामाजिक विभेदको अन्त्य हुन्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयताको अभ्यासबाट सामाजिक विभेदको अन्त्य हुने विश्वास व्यक्त गर्नु भएको छ ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रथम दलित संसदको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयताको अभ्यासले दलित, महिला, जनजाति तथा सिमान्तकृत समुदायको राज्य सञ्चालनमा सहभागिता वृद्धिसँगै नेतृत्व क्षमताको विकास भएको दावी गर्नुभयो ।

उहाँले महिला, दलित, जनजाति तथा सिमान्तकृत समुदायको आयआर्जन तथा रोजगारीका अवसरहरु श्रृजना गरी आर्थिक रुपमा सवल बनाउन प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’, ‘मुख्यमन्त्री दलित तथा महिला आय आर्जन कार्यक्रम’, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button