तपाईँ सुन्दै हुनुहुन्छः

करिब दुई हजार मतले दाङमा बिमलाको अग्रता  

घोराही । दाङको निर्बाचन क्षेत्र नम्बर ३ को प्रदेससभा २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । घोराहीस्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहानदेखि मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपालीका काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । जस अन्तर्गत नेकपाका उम्मेदवार बिमलाकुमारी वली खत्रीले छ हजार ३३ मत ल्याउनुभएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार केशबराज आचार्यले चार हजार ३७ मत प्राप्त गर्नुभएको छ । यसक्षेत्रमा नेकपाले एक हजार ९ सय ९१ मतले हगैता लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button