तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुुनर्वास ३ मा नेकपाका कृष्ण बहादुर तामाङ विजयी

कञ्चनपुर। कञ्चनपुरको पुुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनीबार सम्पन्न वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्ण बहादुर तामाङ निर्वाचित हुनुभएको छ ।
उहाँले जम्मा ५२८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो । त्यस्तै, नेपाली कांग्रेसका दीप बहादुर तामाङले ३१०, समाजवादी पार्टीका भीम तामाङले ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम बहादुर शाहीले ७ मत प्राप्त गर्नुभएको छ भने ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बास्तोलाले बताउनु भयो ।
निर्वाचित वडाध्यक्ष तामाङलाई आजै प्रमाणपत्र दिई पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराइएको छ । उपनिर्वाचनमा जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेकोमा महिला ५३४ जना र पुरुष ३९० जना गरी जम्मा ९२४ जनाले मतदान गरेका थिए ।
गोरखा आधारभूत विद्यालयमा आज शनिबार भएको मतदानमा नेपाल सरकारका खानेपानी मन्त्री बिना मगर, सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ लगायतका जनप्रतिनिधिहरुले पनि मतदान गर्नुभएको थियो । वि.संं. २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

 

Chat Con

प्रतिक्रिया राख्नुहोस्

Back to top button