तपाईँ सुन्दै हुनुहुन्छः

शिवराज नगरपालिका वडा न १० को मतदान शान्तीपूर्ण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न १० लालपुरका मतदान केन्द्रमा मतदान शुरुभएको छ ।
वडाको दुई वटा मतदान केन्द्रमा विहान ७ बजे देखि मतदान सुरु भएको हो । वडा न १० मा २ हजार ७२ जना मतदाता रहेको जिल्ला निवार्चन कार्यालयले जनाएको छ ।

मतदान पश्चात दलहरुबीच सहमती हुन सके बेलुकावाट मतगणना गरिने निवार्चन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताए ।

गत साउन महिनाको १६ गतेसम्म १८ वर्ष पुरा भई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मतदान गर्न पाउने र मतदानका लागि परिचय पत्र अनिवार्य रहेको भण्डारीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button