तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति विद्यादेवी भण्डारी विवाह पञ्चमीमा सहभागी, जन्तीलाई सम्मान

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको चौँथो दिनको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएर जन्तिलाई आज स्नागत तथा सम्मानित गर्नु भएको छ ।

जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा आयोजना गएिको भव्य समारोहका बीच राष्ट्रपति भण्डारीले भारतको अयोध्यावाट आउनु भएका जन्तिका संयोजन तथा अगुवाई गर्नेहरु दिगम्बर अखडाका वैष्णव दास, विश्वहिन्दू परिषदका मन्त्री राजेन्द्र सिंह पंकज, कन्हैयादास जी महाराज, विश्व हिन्दू परिषदका महामन्त्री मिलेन्द्र पाण्डे, भैयादास जी महाराज, कथावाचिका माधवी विजय लक्ष्मी, रामभुषण दासलाई दोसल्ला ओढाएर सम्मानित गर्नु भएको छ ।

राष्ट्रपतिले सो अवसरमा मिथिला नाट्यकला परिषदले प्रदर्शन गरेको गितीनाटक जानकी लिलाको अबलोकन गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले विश्वका हिन्दूहरुका लागि अराध्य देवको रुपमा रहनु भएका भगवान राम तथा देवी सीताको चरित्र आज पनि मानव समुदायका लागि शिक्षाको ठूलो श्रोत भएको बताउनुभयो ।

उहाँले जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि यस्ता प्रकारको सांस्कृति महामहोत्सवको ठूलो महत्व भएको बताउदै जनकपुरधाम सहित तँराई मधेशको विकासका लागि वर्तमान सरकार दृढ भएको बताउनुभयो ।

मन्त्री अर्यालले वर्तमान सरकारले लिएको समृद्ध नेपाल तथा सुखी नेपालीको लक्ष्य पुरा गर्नका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउदै जनकपुरधामको विकासका लागि सवै प्रकारको सहयोग गर्नका लागि संघीय सरकार दृढ भएको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री युगेश भट्टराईले विवाहपञ्चमी महामहोत्सवले दुई देशको सम्बन्धलाई दर्शाउने महत्वपूर्ण पर्वको रुपमा रहेको बताउदै हाम्रो सम्बन्ध निष्कलंक तथा हार्दिकताको सम्बन्ध हुनु पर्ने धारणा राख्नुभयो ।

उहाँले यस्ता प्रकारको कार्यक्रमले हाम्रा बीचमा भएको असमझदारी र समस्याको समाधान कुटनीतिक तथा हार्दिकताको साथ समाधान गर्नु पर्ने धारणा पनि राख्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा जारी रहेको पर्यटन वर्ष २०२० लाई नेपाल सरकारले उत्सवको रुपमा मनाउन लागेकाले नेपालको भ्रमणमा अधिक संख्यामा आउनका लागि भारतीय जन्तिहरुलाई आग्रह गर्दै जनकपुर–पोखरा हवाई सेवा चाडैँ शुरु गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले यस महामहोत्सवले नेपाल भारत बीचको त्रेतायुगिन सम्बन्धलाई दर्शाउने कामकाज गरेको बताउदै यसलाई पर्यटन क्षेत्रसंग जोडेर विकास गर्ने पक्षमा प्रदेश सरकार भएको बताउनु भयो ।

प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले मनुष्य जीवनलाई सफल बनाउनका लागि राम तथा माता सीताको चरित्रलाई स्मरण गरेर हरेकले आफ्नो जीवनमा उतार्नु पर्ने शन्देश दिनका लागि महोत्सवले झकझकाउने कामकाज गरेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मजिव सिंह पुरीले नेपाल–भारत बीचको सम्बन्ध त्रेतायूग देखि नै प्रगाढ रहेको बताउदै अहिले पनि जनता र प्रकृतिले जोड्ने कामकाज गर्दै आएको बताउनुभयो ।

जानकी मंन्दिरका महन्थ रामतपेश्वर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा भारतको अयोध्यावाट आएको जन्तिको तर्फवाट राजा दशरथको भूमिकामा आउनु भएका कन्हैया दास, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह तथा जानकी मंन्दिरका उत्तराधिकारी महन्थ तथा श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव मूल समितिका अध्यक्ष रामरोशन दास वैष्णले पनि बोल्नु भएको थियो ।

यस अघि नेपाली सेनाको विषेश हेलिकप्टरले जनकपुरधाम आउनु भएका राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मंन्दिरमा पुगेर विषेश पूँजा अर्चना गर्नुका साथै प्रसाद ग्रहरण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीलाई जानकी मंन्दिरमा आई पुग्दा पञ्चकन्या सहित मंन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका साधुसन्तहरुले स्वागत गर्नु भएको थियो ।

आजै राष्ट्रपति भण्डारीको सम्मानमा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गर्नु भएको दिवा भोज कार्यक्रममा सरिक हुनु भएको छ । आजै राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरवाट पुनः काठमाण्डौ फर्किनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button