तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा बस दुर्घटना २५ घाइते, १९ को अवस्था गम्भिर

बीरगंज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ स्थित सडक खण्डको उनासी पुलबाट यात्रुबाहक बस तल खस्दा २५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइते मध्ये १९ जनाको अवस्था गम्भिर रहेको छ । जनकपुरबाट भैरहवातर्फ तिव्र गतिमा आई रहेको ना ४ ख ७९९० नम्बरको यात्रुबाहक बसको अचानक पट्टा भाचिएर अनियन्त्रित भई दुर्घटना हुँदा बस पुलको दक्षितर्फबाट करिब १० फिट तल झरेर पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते २५ जना मध्ये गम्भिर घाइते १९ जनालाई वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचारका लागि ल्याईएको छ भने अन्य घाइतेको निजगढ सामुदायिक अस्पतालमा उपचार भई रहेको बारा प्रहरीले जनाएको छ ।

यसैबिच दुर्घटनामा गम्भिर घाइते भएका नेपाली सेनाका पाच जना जवानलाई हेलिकप्टरमार्फत बीरगंजबाट सेनाले थप उपचारका लागि काठमाण्डौ लगिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताउनुभयो ।

जनकपुरबाट भैरहवाका लागि ४० जना भन्दा बढी यात्रु बोकेर गन्तव्यतर्फ लागेको बस निजगढ बजारबाट ३ किलो मिटरपश्चिमतर्फ निजगढ–काठमाण्डौं फास्ट ट्रयाकको प्रवेशद्धार नजिकै रहेको उनासी पुलको रेलिङ्ग भत्काउँदै तल झरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button