तपाईँ सुन्दै हुनुहुन्छः

सोह्र किलो चरेशसहित पक्राउ

काठमाडौं । प्रहरीले १६ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८३८५ र ना१ज ५५८२ नं को टाटा सुमो जाँचका क्रममा मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्रीलाई विहिवार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहले कालो रङको दुई झोलामा चरेश लुकाएर ल्याएको अवस्थामा मोक्तान र खत्रीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले एउटा झोलाबाट १४ किलो ५२० ग्राम तथा अर्को झोलाबाट एक किलो ९६० ग्राम चरेश बरामद गरेको हो । पक्राउ परेका व्यक्तिबारे महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button