तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिकलाई सूचीकृत गर्न दबाबमूलक कार्य

रासस । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र विराटनगरले श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउन विारटनगरमा दबाबमूलक कार्यक्रम आयोजना गरेको छ ।

‘सम्पूर्ण रोजगारदातालाई आह्वान समाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने नाराका साथ केन्द्रले रोजगार प्रतिष्ठान मोरङ व्यापार संघलाई योजनामा सूचीकरणका लागि ध्यानकर्षण गराउन दबावमूलक कार्यक्रम गरेको हो ।

केन्द्रका अध्यक्ष किशोर धमलाले उद्योग प्रतिष्ठानलाई सरकारले सूचीकरणका लागि समय थप गरेपनि सूचिकृत नभएकोप्रति आपत्ति जनाउँदै अटेर गरिरहे वा सुविधा र अधिकार सुरक्षित गर्न चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button