तपाईँ सुन्दै हुनुहुन्छः

बदेलको आक्रमणबाट जाजकोटमा तीन जना घाइते, एकको अवस्था गम्भिर

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका ५, खुर्पामा जंगलबाट गाउँमा पसेको बदेलले आक्रमण गर्दा तीन जना स्थानीय गंम्भीर घाईते भएका छन ।

बदेलको आक्रमणबाट खुर्पाका हरीबहादुर बोहरा, बीरबल कामी र दीपक रावल घाईते भएको निमित्त डिभिजन बन अधिकृत महेश कुमाईले बताउनुभयो । घाईते तीनै जनाको पश्चिम रुकुमको चौरजहारी अस्पतालमा उपचार भईरहेको छ ।

दुई जना सामान्य घाईते छन् भने बीरबलको पेट नै च्यातेको उनको अवस्था गम्भीर रहेको छ । बदेलले स्थानीयका तीन वटा बाख्रा पनि मारेको छ ।

पछिल्लो समय जाजरकोटमा वन जंगल मासिदै जान थालेपछि बन्यजन्तुको बासस्थान र आहारा मासिदै गएपछि वन्यजन्तु आहाँराको खोजीमा गाउँ पस्न थालेको निमित्त डिभिजन बन अधिकृत कुमाईले बताउनुभयो । बदेललाई स्थानीयले मारिदिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button