तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँची बस दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते (नामावली सहित)

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ ।

दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् ।

दुर्घटनामा सो नगरपालिका–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, नाम नखुलेका छ महिने बालक, सन्धिखर्क–७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, आठ वर्षीया मोनिका खड्का छन् ।

कपिलवस्तु चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सन्धिखर्क नगरपाकिला–१० बस्ने छविलाल गैरे, गाडी चालक कपिलवस्तु जिल्ला अन्दाजी ३६ वषीर्य वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका–२ बस्ने सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको मात्र सनाखत भएको छ । मृत्यु हुने अन्य आठको सनाखत हुन बाँकी रहेको र शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

हालसम्मकाे अन्तिम अपडेट

मृत्यु हुनेहरुमा:
१) जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष ५६ को शिवलाल भट्टराई ।
२) जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष २२ कि माया पुरी ।
३) नाम नखुलेको ५/६ महिनाको बालक ।
४) जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष ५४ को बलराम भट्टराई ।
५) जिल्ला कपिलवस्तु चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत ।
६) जिल्ला अर्घाखाँची भु.न.पा. ९ बस्ने ठुलोडेवा बस्ने वर्ष २७ को शैलेस थापा ।( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
७) जिल्ला अर्घाखाँची स.न.पा. १० बस्ने छवीलाल गैरे ।
८) जिल्ला कपिलवस्तु बस्ने अं.३५/३६ वर्ष बसन्त भन्ने ओम बहादुर थापा (चालक)
९) जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं.२ बस्ने अं. वर्ष ३८ को सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत) । (सवारी धनी ) (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
१०) जिल्ला अर्घाखाँची स.न.पा. ७ वस्ने वर्ष अं.८/९ कि मोनिका खड्का ।
११) जिल्ला गुल्मी धुर्कोट गा.पा.२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत । (स.प्र.बल २७ नं. गण रुपन्देहीमा कार्यरत )
(मृत्यु हुनेहरुमा अन्य ८ जनाको सनाखत हुन बाँकी, शव जिल्ला अस्पताल सन्धिखर्कमा रहेको )

घाईते हुने हरुमा

चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
१) जिल्ला अर्घाखाँची स.न.पा.५ वाङला बस्ने वर्ष ४२ को विष्णु बहादुर अधिकारी- अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
२) जिल्ला अर्घाखाँची स.न.पा. बस्ने वर्ष ६०/६५ को नन्द बहादुर बि.क.- अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
३) जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष ३ को रिजन कुँवर, खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
४) जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं.६ खाँचीकोट बस्ने वर्ष १ को गणेश पुरी, टाउकोमा चोट, अवस्था- मध्यम ।
५) जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष २३ कि सपना कुँवर, गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।

भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
१) जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४१ को कृष्ण बि.क., चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
२) जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ३५ को विष्णु बि.क., दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
३) जिल्ला अर्घाखाँची भु.न.पा.९ डेवा बस्ने वर्ष २५ को जिवन बि.क., अवस्था- समान्य ।
४) जिल्ला अर्घाखाँची स.न.पा. ५ वाङला बस्ने वर्ष ३७ को हुम बहादुर अधिकारी, ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
५) जिल्ला अर्घाखाँची स.न.पा.८ बस्ने वर्ष ३२ को कमल मुखिया , अवस्था- सिरियस ।
६) जिल्ला अ.खा. सन्धिखर्क न.पा – ४ वस्ने वर्ष २३ को सरस्वती भट्टराई दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
७) जिल्ला अ.खा. सन्धिखर्क न.पा – ४ वस्ने वर्ष १५ को अंकीत थापा, टाउकोमा चोट, अवस्था- मध्यम ।
८) जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष ३ वर्षको स्पर्ष पोखरेल – टाउकोमा चोट, अवस्था- मध्यम ।
९) जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष २४ कि विमला पोखरेल, ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)

बि.एण्ड.वि.हस्पिटल काठमाडौं 
१) जिल्ला दाङ राप्ति गा.पा.९ बस्ने बर्ष ३३ को प्रशान्त सुबेदी, टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।

अन्य घाईते
१. जिल्ला अर्घाखाँची स.न.पा. १ बस्ने वर्ष ३ कि एन्जल भट्टराई- टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा जिल्ला अर्घाखाँची स.न.पा.२ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
२. जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ को लोकनाथ पाण्डे –हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट) जिल्ला प्रहरी कार्यालय द्वारा जानकारी

प्रतिक्रिया राख्नुहोस्

Back to top button