तपाईँ सुन्दै हुनुहुन्छः

आजको सुनको मूल्य यस्तो छ

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।मंगलबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बुधबार पनि प्रतितोला ७१ हजार २ सय रुपैंयामै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button