२०७९ साल साउन २३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

इराकमा बम फिस्फोट : ६ जना मारिए, १५ घाइते

रेडियो नेपाल २०७६ मंसिर ११ गते ९:२५

इराक । इराकमा हिजो भएको तीन छुट्टाछुट्टै बम बिस्फोटनमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १५ भन्दा घाइते भएका छन् ।
इराकको उत्तरी जिल्ला शाबमा भएको बिस्फोटनमा तीनको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

त्यसैगरी, दक्षिण पश्चिमी जिल्ला बयामा भएको मोटरसाइकल बम बिस्फोटनमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएका इराकी सेनाले बताइएको छ ।

त्यसैगरी, इराकको पूर्वी जिल्ला बलदियातमा बम बिस्फोटनमा परी थप एक जनाको मृत्यु भएको थियो भने चार भन्दा बढि घाइते भएका थिए ।
सरकारको राजिनामा माग राखी इराकमा विगत दुई महिनादेखि प्रदर्शन भइरहेको र प्रदर्शनमा हालसम्म ३ सय ३० जनाको मृत्यु भएको बताइएको छ ।

सम्बन्धित