तपाईँ सुन्दै हुनुहुन्छः

१५ औं हस्तकला प्रतियोगिता १२ गतेदेखि

काठमाडौं । नेपाली हस्तकला उद्योगबाट उत्पादित वस्तुहरुको बजार प्रर्वद्धन गर्ने उद्देश्यले यही मंसिर १२ गतेदेखि १६ गतेसम्म काठमाडौमा १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल हस्तकला महासंघको आयोजनामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्न, नेपाली उद्यमीलाई कम खर्चमा अन्तराष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न आयोजना गरिएको मेलाका महासंघका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिनु भयो ।

मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता रहनेछ । मेलामा नेपाली सहित छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापान लगायत युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् ।

मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button