तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावका कारण तीन निर्माणधिन सामुदायिक विद्यालय भवन अलपत्र

सल्यान – सल्यानमा आधा दर्जन बढि सामुदायिक विद्यालय भवन अलपत्र परेका छन् । बजेट अभावका कारण जिल्लाका विभिन्न स्थानमा निर्माणधिन सामुदायिक विद्यालयका भवनहरु अलपत्र परेका हुन ।

तत्कालिन शान्ति तथा पुननिमार्ण मन्त्रालयबाट बिनियोजित क्रमागत योजनाबाट निमार्ण भएका दार्मा गाउँपालिकामा एक क्याम्पससहित दुई विद्यालयको भवन अहिले अलपत्र अवस्थामा रहेका छन् ।

आर्थिक वर्ष २०७१/०७२ मा मन्त्रालयबाट फारुला बहुमुखी क्याम्पसका लागि २४ लाख ७० हजारमा ११ लाख मात्र निकासा हुँदा दुई कोठे क्याम्पस भवन अलपत्र परेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त प्रसाद शर्माले बताए । निकासा भएको रकमबाट ४० प्रतिशतमात्र काम सकिएपनि अहिलेसम्म रकम अभावका कारण निमार्ण सम्पन्न हुन नसकेको उनले बताए । उनले भने ‘विभिन्न निकायसँग भवन निमार्णका लागि पहल गरिए पनि कतैबाट पनि आर्थिक सहयोग पाउन सकिएको छैन ।’

यस्तै शान्ति तथा पुन निमार्ण मन्त्रालयबाटै दार्मा गाउँपालिका वडा न ४ मा रहेको नव सर्वसाधारण आधारभुत विद्यालय र वडा न ५ मा रहेको लक्ष्मी निम्न माध्यमिक विद्यालयको भवन पनि अलपत्र रहेका छन् ।

मन्त्रालयले नव साधारण विद्यालयका लागि १२ लाख बजेटमा झन्डै नौ लाख मात्र बजेट निकासा हुँदा ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ भने लक्ष्मी निमाविमा १२ लाख नै बजेट भएपनि ६ लाख मात्रै निकासा हुँदा ५० प्रतिशत काम सकिएको छ ।

दुई किस्ताको रकम आएको तर अन्तिम किस्ताको रकम निकासा नहुँदा निर्माणाधिन भवन ढल्ने अवस्थामा पुगेको नव सर्वसाधारण आधरभुत विद्यालयका प्रधानाध्यापक रमेश कुमार रोकायले बताए । उनले भने ‘गाउँपालिकामा बुझ्दा प्राविधिक कार्यालयले चिठ्ठी मात्र पठाएको तर रकमका विषयमा कुनै कुरा उल्लेख नगरेका कारण तत्काल केही गर्न नसकिने बताउने गरेको छ ।’

गाउँपालिका तथा प्रदेश र संघ सँग अलपत्र परेका भवन निमार्णलाई पूर्णता दिन पहल गरे पनि कुनै सुनुवाई नभएको नागरिक अगुवाले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button