तपाईँ सुन्दै हुनुहुन्छः

मतपत्रलगायतका निर्वाचन सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्यो : आयोग

काठमाडौँ – निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुमा पु¥याई सकेको जनाएको छ ।

मतपत्र र मतदाता परिचयपत्रलगायतका सम्पूर्ण निर्वाचन सम्बन्धी सम्पूर्ण सामग्री सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संवेदनशील निर्वाचन सामाग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सेनाले ती सामाग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकोप्टरको माध्यमबाट ढुवानी गरेको थियो ।

उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ ।

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य ३ पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ भने स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button