तपाईँ सुन्दै हुनुहुन्छः

बाल्टीमा डुुबेर शिशुको मृत्यु

टीकापुर कैलाली । बाल्टीको पानीमा डुबेर कैलालीमा एक शिशुको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर ८ का प्रेम तिमल्सिनाकी १५ महिनाकी छोरी गरिमाको हिजो बाल्टीको पानीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

गरिमाकी आमा २० बर्षीया राधिका र सासु–ससुराबीच झगडा भएपछि हिजो बिहान राधिका १५ महिनाकी छोरीलाई घरमै छोडेर माईती घर गएकी र साझ फर्केर आउने क्रममा छोरी पानीमा डुवेको अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

राधिका र उनकी सासुलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button