तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका सेवानिवृत्त खड्काको निधन

काठमाडौं । रेडियो नेपालका सेवानिवृत्त वरिष्ठ संवाददाता कृष्णबहादुर खड्काको निधन भएको छ ।

काठमाडौंको कागेश्वरी नगरपालिका निवासी खड्काको हृदयघातका कारण आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा ६४ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ रेडियो नेपालको समाचार महाशाखामा लामो समयसम्म वरिष्ठ संवाददाताका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button