तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीबाट लागु औषधसहित भारतीय नागरिक पक्राउ

धनगढी– कैलालीको धनगढीबाट प्रहरीले आज लागु औषध खेरो हिरोइनसहित भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सुचनाका आधारमा लागु औषध खैरो हिरोइनसहित भारतीय नागरिक लखिमपुरखिरीका विवेक गुप्ता र कचनपुर पूर्नवास नगरपालिका ११ का दिपबहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाबाट दुई ग्रामभन्दा बढी खैरो हिरोइन बरामद गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिएनुभयो ।

गुप्ता लागु औषध कारोवारी भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button