तपाईँ सुन्दै हुनुहुन्छः

गाडीको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु, एक जना घाइते

कञ्चनपुर – नम्बर नखुलेको गाडीको ठक्करबाट कञ्चनपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा गएराति भएको दुर्घटनामा परी सोही ठाउँका ३० वर्षीय राम बहादुर रोकाया र महाकाली नगरपालिका २ का राम बहादुर ठगुन्ना घाइते भएका थिए ।

घाइतेमध्ये रोकायाको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । त्यस्तै, अर्का घाइते ठगुन्नाको अवस्था सामान्योन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button