तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा भिरबाट खसेर एक  युवकको मृत्यु

अछाम – अछाममा भिरबाट लडेर १९ बर्षिय युवकको मृत्यु भएको छ । जिल्लाकाे ढकारी गाउँपालिका-२ हिच्मा, साबाका १९ वर्षिय गणेश साउदकाे घाँस काट्ने बेला भिरबाट खसेर मृत्यु भएको हाे ।

शुक्रबार अपरान्ह ४:०० बजे गाईवस्तुका लागि खर घाँस काट्न जारिमेकाे पाँणपाखा जंगलमा गएका साउँद बेलुकी अबेरसम्म पनि नफर्किएपछि खाेज्न जादा राति ८ बजे मृत अवस्थामा भेटिएको उहाँका दाजु टेकबहादुर साउँदले जानकारी दिनुभयाे ।

एक्लै जंगलमा घाँस काट्न गएका गणेश करिब १०० मिटर तल खसेर मृत अवस्थामा शव भेटिएको उहाँका बुवा पूर्ण साउदले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button