तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा मेडिकल कलेज स्थापना हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत

सुर्खेत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सुर्खेतमा मेडिकल कलेज आफ्नै पालामा खोल्न प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आज गृह जिल्ला सुर्खेत आउनु भएका रावतले कर्णाली प्रदेश अस्पतालको क्षमता विकास गरी मेडिकल कलेजका लागि छिट्टै आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिनु भएको हो ।

सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै राज्यमन्त्री रावतले सातवटै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको नीति अनुसार सुर्खेतमा मेडिकल कलेज खोल्न लागिएको स्पष्ट पार्नुभयो । उहाँले साविकका कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सुत्केरीलाई हेलिकप्टरबाट उद्दार (रिश्क्यू) गरी सुर्खेतमा उपचार गर्ने चलनलाई अन्त्य गरि दक्षजनशक्ति उत्पादन गरेर प्रदेशका हरेक नागरिकलाई न्यूनतम् स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिवद्ध रहेको जिकिर समेत गर्नुभयो ।

पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार ऋषि धमाला, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा तथा जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीलगायतले राज्यमन्त्री रावतसँग कर्णाली प्रदेशको स्वास्थ्य सेवाको स्तर बढाउन सरकारी योजनाका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button