२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

जबर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ   

रेडियो नेपाल २०७६ मंसिर ७ गते १३:२१

   

चितवन, ७मङ्सिर  जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।रासस

सम्बन्धित