तपाईँ सुन्दै हुनुहुन्छः

आफै चढेर आएकोे बसले किच्दा एक महिलाको ज्यान गयो

दोलखा ।  आफै चढेको बसले किचेर दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ सत्तरी गोलाईमा एक महिलाको मृत्यु भएको छ ।

तामाकोसीबाट बा २ ख ६२०४ नम्बरको सगरमाथा यातायातको बसमा चढेर आएकी भीमेश्वर नगरपालिका वडा नम्बर ५ की ३० बर्षिय उर्मिला श्रेष्ठको घर नजिक सत्ती गोलाईमा बसबाट ओर्लने क्रममा अनियन्त्रीत हुदा सोही बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताउनु भयो ।

शुक्रवार राति करिब ८ बजेतिर जिरीबाट चरिकोट तर्फ आएको उक्त बसले किचेर घाईते हुनु भएको श्रेष्ठलाई उपचारको लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताउनु भयो ।

अहिले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button