तपाईँ सुन्दै हुनुहुन्छः

‘संघीयता नबुझेकाहरुबाट संघीयता कमजोर बनाउने षड्यन्त्र’

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता नबुझेकाहरुले संघीयतालाई कमजोर बनाउने कार्य गरिरहेको बताउनुभएको छ ।

भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीयता अझै पूर्ण भई नसकेको बताउनुभयो ।

उहाँले प्रभावकारी ढंगबाट संघीयता कार्यान्वयनमा आउन नसकिरहेको बेला संघीयता विरोधीहरु सक्रिय भएको बताउनुभयो ।

उहाँले संघीयतालाई पूर्णता दिदैं जातिय, बर्गिय र लैङ्गिक उत्पिडन अत्य गर्न बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्य रामबहादुर थापाले दुई ठुला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरुप दिन नयाँ संगठनात्मक संरचनाहरु गठन गरी मजबुद शक्ति निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि माक्र्सवाद, लेनिनवाद र समाजवादलाई पनि समृद्ध बनाउँदै लानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले एकिकृत पार्टीले तय गरेका सिद्धान्त, नीति, कार्यदिशा र रणनीतिलाई सशक्त ढंगबाट अगाडी बढाइने बताउनुभयो ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा देशभरबाट २ सय ५१ जना सहभागि भएको र भेलाले मोर्चाको राजनीतिक प्रतिवेदन तथा अन्तरिम बिधानमाथि छलफल गर्ने लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका केन्द्रिय संयोजक भोजबिक्रम बुढामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button