तपाईँ सुन्दै हुनुहुन्छः

१० पर्यटकीय क्षेत्रका लागि करीब पाँच करोड बजेट

काठमाडौं । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य मध्ये सुदूरपश्चिमका १० धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करीब पाँच करोड बजेट विनियोजन भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागि चार करोड ८० लाख बजेट विनियोजन गरेको हो । बजेट पर्यकटीय गन्तव्यमा पर्यटन पूर्वाधार विकास र प्रर्वद्धनका लागि खर्च गरिने भएको छ ।

सुदूरपश्चिममा १७ वटा स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक विकासको शीर्षकमा बजेट विनियोजन भएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

सत्र स्थानीय तहका लागि बजेट विनियोजन गरेर कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित स्थानीय तहलाई मार्गनिर्देशनको खाकासमेत पठाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button