तपाईँ सुन्दै हुनुहुन्छः

भोलि कर दिवस मनाइँदै

काठमाडौं । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ आठौं राष्ट्रिय कर दिवस भोलि करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइदै छ ।

कर दिवसका बारेमा जानकारी दिन आन्तरिक राजस्व विभागले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक बाबुराम कुँवरले करको दायर विस्तार गर्न, कर सम्वन्धी जागरण ल्याउन र गुणस्तरीय सेवा प्रदान गरी स्वेच्छिक कर सहभागिता बढाउन कर दिवसले सहयोग पुर्याउने बताउनु भयो ।

गत वर्ष २१ लाख करदाता करको दायरामा आएकोमा पछिल्लो एक वर्षको अवधिमा करदाताको संख्या बढेर हालसम्म २९ लाख ६५ हजार करदाता करको दायरमा आएको महानिर्देशक कुँवरले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा औसत राजस्व वृद्धिदर २३ प्रतिशत रहेको र चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विभागको राजस्व असुलीको लक्ष १ खर्व २५ अर्व रहेकोमा लक्ष भन्दा झण्डै २१ अर्व कम अर्थात १ खर्व ४ अर्व असुली भएको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button