तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो र मोटरसाइकल आपसमा ठक्कर खांँदा मोटरसाइकल चालकको मृत्यु

चितवन । नारायणगढ मुग्लिङ्ग सडक अन्तर्गत जलबिरेमा आज बोलेरो र मोटरसाइकल एक आपसमा ठक्करर खांँदा मोटर साइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ जलबिरेमा नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको बा१०च४४१३ नम्बरको को बोलेरो र बिपरित दिशा बाट गईरहेको बा६६प २९६५ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका भरतपुर महानगरपालिका वडा नम्बर ३० का रोशन सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button