तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा पदबाट राजिनामा

कञ्चनपुर  – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाउनु भएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्यसमेत रहनु भएका राज्यमन्त्री रावलले आजै  एक प्रेस विज्ञप्ति जारी गर्दै कञ्चनपुरको महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको शेयर बिक्रीमा कृते र ठगीमा संलग्नताको आरोप लागेपछि छानबिनमा सहजता प्रदान गर्न नैतिकताका आधारमा राजिनामा दिएको जानकारी दिनुभएको छ ।
विज्ञप्तिमा राज्यमन्त्री रावलले क्याम्पसको शेयर बिक्रीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफू लामो समयदेखि संघर्ष र परिश्रम गरी राजनीतिक र व्यावसायिक जीवनयापन गरिरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफू माथि लगाउन खोजिएका झुठा आरोप तथा लाञ्छनाको निश्पक्ष र तथ्ययुक्त छानवीन होस् भन्दै छानवीनमा आफ्नो पूर्ण सहयोग रहने दोहोर्‍याउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button