तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नेपालगञ्ज –बाँकेको राप्तीसोनारी गाउँपालिकामा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका ७ फत्तेपुरमा भे १ त २८०१ नम्बरको काठ बोेकेको ट्रयाक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई आज बिहान २ः०० बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी ७ फत्तेपुरका २४ बर्षीय सुमन कुमार थारु र सोही ठाउँकै १५ बर्षीय सञ्जित थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी निरिक्षक मान बहादुर बिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button