तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीले बनायो ३०२ रनको अग्रता

नेपाल विरुद्धको तीन दिवसिय खेलमा एमसीसीले ३०२ रनको अग्रता बनाएको छ । दोस्रो दिनको खेल सकिदा एमसीसीले २१ ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । यसअघि एमसीसीले पहिलो पारीमा २ सय ११ रनको अग्रता बनाएको थियो ।

पहिलो दिन तीन सय ११ रनबाट दोस्रो दिनको खेल सुरु गरेका एमसीसीले अरु चार विकेट ५३ रन थप्दा गुमायो । जसका कारण एमसीसीले तीन सय ६४ रनमा अलआउट भयो । एमसीसीले पहिलो पारीमा २ सय ११ रनको अग्रता बनाएको छ ।

जवाफमा नेपाल पहिलो पारीमा एक सय ५३ रनमा अलआउट भयो । लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले फलोअनबाट बच्न चाहिने एक सय ७३ रन पनि बनाउन सकेन ।

पछिल्लो पटक टी २० मा बढी अभ्यस्त टिमले तीन दिवसिय खेलमा निकै खल्लो ब्याटिङ गर्यो । तीन सय ६४ रन पक्ष्याएको नेपालले आफ्नो पारीको सुरुवात देखि नै विकेट गुमाउन सुरु गर्यो । विचमा नेपालका कुनैपनि खेलाडीबीच दरिलो साझेदारी हुन सकेन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button