तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीमा करिब दुई लाख बराबरको क्षति

सप्तरी – सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३, सकरपुराको मुखिया टोलमा बुधबार राती भएको आगलागि भएको छ । आगलागिमा दुई घर र सातवटा पशु चौपाया जलेका छन् ।

स्थानीय कारी मुखियाको गोठबाट सल्केको आगोले मुखियाकै भान्सा घरसमेत जलेर नष्ट भएको छ । गाईगोठमा बालिएको घुरबाट सल्केको आगोमा परी उनको एउटा गाई, एकहल गोरु, एउटा बाछी, दुई वटा बाख्रा र दुई वटा पाठासहित करिब दुईलाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

बेलुका ८ः०० बजेतिर गाईगोठमा बालेको घुरबाट आगलागी भएको थियो । गाउँलेकै प्रयासमा आगो नियन्त्रणमा लिईएको स्थानीयवासी उग्रकान्त झाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button