तपाईँ सुन्दै हुनुहुन्छः

सुकुटे दुर्घटनाका मृतक सात जनाको सामूहिक दाहसंस्कार

दोलखा ।  सिन्धुपाल्चोकको सुकुटेमा आईतवार भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुने मध्यका सात जनाको मंगलवार बाह्रविसेको भोटेकोशीमा सामुहिक दाहसंस्कार गरिएको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीका पाँच जना र वडा नम्बर ४ बागखोर मागा माईती भएको एक महिला र उनको छोरा गरी सात जनाको मंगलवार भोटेकोशीमा सामूहिक दाहसंस्कार गरिएको दोलखा शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालले बताउनु भयो ।

सामुहिक दाहसंस्कार गरिएकाहरुमा शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीका १४ बर्षिय रिकेश खड्का, ४५ बर्षिय रत्नकुमारी राउत, उनको छोरा २९ बर्षिय किरण राउत, २० बर्षिय कविता राउत, २४ बर्षिय रञ्जीता केसी वस्नेत तथा वडा नम्बर ४ बागखोर मागा माईति भएको २७ बर्षको चमेली श्रेष्ठ (घर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्बर ४) र उनको छोरी ६ बर्षको सायरानी श्रेष्ठको सामुहिक दाहसंस्कार गरिएको शैलुङ गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष किरण वस्नेतले बताउनु भयो ।

आईतवार विहान ८ः३० बजे शैलुङ गाँउपालिका वडा नम्बर ४ बागखोरबाट काठमाडौँको लागि छुटेको शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदिमा खसेर दुर्घटना हुँदा दोलखा शैलुङ गाँउपालिका वडा नम्बर २, ३, ४ र ५ का १५ जना तथा चितवन र उदयपुरको १÷१ जना गरी १८ जनाको मृत्यु भएको थियो ।

मृतकहरुमध्य केहिको बौद्ध संस्कार अनुसार दाहसंस्कार गर्नु पर्ने भएकोले काठमाडौँको बौद्धमा लगिएको र केहिको आफन्त काठमाडौँमा रहेकोले पशुपति आर्यघाटमा लगिएको शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलाले बताउनु भयो । मृतक मध्य उदयपुरको विजय तमाङको शव उदयपुरनै लगिने र चितवनको पुजा वस्नेतको शव आफन्त सम्पर्कमा आईनसकेकोले काठमाडौँ महाराजगंजको टिचिङ अस्पतालमा राखिने अध्यक्ष दुलालले बताउनु भयो ।

मृतकको दहासंस्कारको लागि प्रति व्यक्ति २० हजारको दरले दहासंस्कार खर्च शैलुङ गाँउपालिकाले उपलब्ध गराएको अध्यक्ष दुलालले बताउनु भयो । बस समितिसंग कुरा मिल्न नसकेपछि पीडित परिवारले शैलुङका स्थानिय रिमालबाबु श्रेष्ठको संयोजकत्वमा एक सय एक सदसिय संघर्ष समिति गठन गरेको अध्यक्ष दुलालको भनाई छ ।

अरनिको समितिले मनाेपलि गर्दै आएकोले सिण्डीकेट अन्त्य, भाँडामा एकरुपता, मृतकको परिवारलाई उचित क्षतिपूर्ति, कच्ची बाटोमा नयाँ बसहरु राख्ने, सिट क्षमता भन्दा बढी यात्रु ओर्सान नपाउने लगायतको माग संघर्ष समितिले सरकार समक्षनै राख्ने पीडितहरु बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button