तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति समक्ष भाषा आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा सोमबार आयोजित एक समारोहमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले राष्ट्रपति भण्डारीलाई आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालगायत उच्च सरकारी पदाधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रपति भण्डारी समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आव २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button