तपाईँ सुन्दै हुनुहुन्छः

कस्तुरीको बिनासहित दुईजना पक्राउ


जुम्ला – कस्तुरीको बिनासहित जुम्लामा दुईजना पक्राउ परेका छन् । बिनासहित जुम्लाको पातारासी गाउँपालिकाको लाम्रीबाट दुईजनालाई शनिवार राती प्रक्राउ गरिएको हो ।

जल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक राजेन्द्र चन्दको नेतृत्वमा गएको टोलीले पातारासी गाउँपालिका वडा नं. ४ लाम्रीबाट कस्तुरीको बिनासहित दुईजना लाई पक्राउ गरेको थियो ।

गोप्य सूचनाका आधारमा पातारासी गाउँपालिका ४ निवासी भक्त बहादुर बुढा र सोही वडा निवासी जोग बहादुर बुढालाई प्रक्राउ गरिएको डिएसपी लाल बहादुर धामीले बताउनुभयो । उँहाका अनुसार पक्राउ परेका दुबै जनालाई पातारासीबाट सदरमुकाम जिप्रकामा ल्याई अनुसन्धान जारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button