तपाईँ सुन्दै हुनुहुन्छः

महराको फैसला आज

 

काठमाडौं । महिला कर्मचारीमाथि जबर्जस्तीकरणको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आइतबार थुनछेक बहस हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले सात घन्टा बयान दिएका थिए । सो दिन बयान ढिलो गरी सकिएपछि थुनछेक बहस सुरु हुन सकेको थिएन ।

आज थुनछेक बहस सकिने सम्भावना धेरै रहेको बताइएको छ । यद्यपि महराको तर्फबाट ३० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्न नाम टिपाएकाले बहस लम्बिन सक्ने सम्भावना पनि धेरै छ । यदि थुनछेक बहस सकिएमा अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने कि सामान्य धरौटीमा छाड्ने भन्ने निर्णय गर्नेछ ।

इजलासले पुर्पक्षमा राख्ने निर्णय लिए अभियुक्त महराले कैद भुक्तान गर्नुपर्दछ भने धरौटी खोले वा साधारण तारेखमा छोडे रिहा हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button