तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा रोक्न संघ, प्रदेश र स्थानिय तहबिच आपसी सहकार्य र समन्वय आवश्यक

काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले लैगिंक हिंसा विरुद्धको अभियान वर्ष २०७६ सफल पार्न आगामी कार्तिक १८ गतेदेखि मंसिर ९ गतेसम्म लैगिंक हिंसा विरुद्धको प्रदेश स्तरिय कार्यक्रम सन्चालन गरिने बताउनु भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज सिंहदरवारमा आयोजना गरेको लैगिंक हिंसा विरुद्धको अभियान वर्ष २०७६ को बार्षिक कार्यान्वयन कार्ययोजना (मस्यौदा) माथिको छलफल कार्यक्रममा मन्त्री थापाले लैगिंक हिंसा अन्त्यका लागि सात प्रदेश र ७५३ वटै स्थानिय तहमा चेतनामुलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने बताउनुभयो ।

उहाँले संघ प्रदेश र स्थानिय तहको आपसी सहकार्य र समन्वयबाट जनताको घरदैलोमा पुग्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले संविधानले महिला हक अधिकारका सम्बन्धमा गरेको ब्यवस्थाको व्याबहारिक कार्यान्वयनमा लैगिंक हिंसा विरुद्धको अभियान वर्ष २०७६ को बार्षिक कार्यान्वयन कार्ययोजनाले ले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा महिला हिंसा विरुद्धको अभियान वर्ष २०७६ सञ्चालन तथा संयोजन समितिका पदाधिकारीहरु, महिला हक अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्था (एनजिओ , आईएनजिआ)ेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button