तपाईँ सुन्दै हुनुहुन्छः

इमर्जिङ एसिया कपमा नेपाल सहभागि हुँदै

काठमाडौं । इमर्जिङ टिम एसिया कपमा नेपालले सहभागिता जनाउने भएको छ । यही नोभेम्बर १४ बाट बंगलादेशमा हुने इमर्जिङ कपमा यूएइले सहभागिता नजनाउने भएपछि नेपालले खेल्ने मौका पाएको हो ।इमर्जिङ एसिया कपमा नेपाल सहभागि हुँदै

८ टोली सहभागी हुने प्रतियोगिताको समूह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । नेपाल रहेको समूह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ छन्।

एसियन क्रिकेट परिषद् (एसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्नेछ । दोस्रो खेल १६ नोभेम्बरमा हङकङविरुद्ध र १८ नोभेम्बरमा बंगलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button