तपाईँ सुन्दै हुनुहुन्छः

बारम्बार आगजनी गर्दा नारायणपुरबासी त्रसित 

तुलसीपुर – घोराही उपमहागनरपालिका–९ मछाईमा अज्ञात समूहले स्थानीयको परालको कुरुटेमा बारम्बार आगो लगाईदिदा त्यहाँका स्थानीयहरु त्रसित भएका छन् ।

आगजनीबाट करिब ५० हजार बराबरको क्षति भएको पिडितलाई उद्धृत गर्दै स्थानीय कृष्ण खड्काले जानकारी दिनुभयो । परालको कुरुटेमा लगाएको आगो बुताउदै जाँदा पुनः पछिबाट आएर आगो लगाउदा स्थानीय त्रसित बनेका हुन् ।

आगलागिबाट नबराज जिसी, अम्मबर बहादुर डाँगी, अम्मरबहादुर खड्का, र गिरीराज महराको ६ वटा परालको कुरुटेमा बारम्बार आगो लगाउदा उक्त क्षती पुगेको हो । अपरिचित समूहले १२ र १३ गते राति आगो लगाएको हो ।

यता ईलाका प्रहरी कार्यालय नारायणपुरले पनि आगो लगाउने व्यक्तिको पहिचान नहुँदा समस्या भएको बताएको छ । ‘ म आफै घटना स्थलमा गए,’ प्रहरी नायब निरीक्षक भिमबहादुर सुनारले भन्नुभयो–‘ यता आगो निभाउदै गर्दा अर्को ठाउँमा आगो लगाउँछ । त्यहाँ निभाउन गयो फेरी अर्को ठाउँमा लगाउछ ।’ शुक्ष्म रुपमा घटनाको अुनसन्धान गरिरहेको भन्दै यो घटनाले अचम्मित पारेको प्रहरी नायव निरीक्षक सुनारे बताउनुभयो ।

घुिमफिरी पिडितको परालको कुरुटेमा आगो लगाउने गरेको प्रहरीले बताएको छ ।  आग्जनीबाट बचाउन स्थानीय दुईदिनदेखि जागराम बस्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button