तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगरमा मारिने व्यक्ति भारतीय नागरिक

कृष्णनगर। कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरी र स्थानीयवासी बीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।
सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको कपिलवस्तु प्रहरीले जनाएको छ ।


लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो । प्रहरीका अनुसार हिन्दु समुदायका व्यक्तिले लक्ष्मीपूजाको मूर्ति विसर्जनका लागि झण्डिनगरको रुट प्रयोग गरेका थिए । तर, मुस्लिम समुदायले त्यस क्षेत्रमा धेरै मदरसा भएको भन्दै अर्कै बाटो प्रयोग गर्न सुझाएका थिए ।

त्यहीबीच विवादले उग्र रुप लिएको बताइएको छ । विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीय उल्टै उग्र भई प्रहरीतर्फ पनि ३ जना घाइते भएपछि गोली चलेको जनाइएको छ ।
त्यसक्रममा पाण्डेको मृत्यु भएको हो । तर, प्रहरीले भने कर्फ्यू लागिसकेपछि गोली चलेको दाबी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button