तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा ६० हजार घुस सहित प्रहरी इन्चार्ज कलवार पक्राउ

बीरगंज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ६० हजार घुसको रकम सहित बारा गंजभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक जटाशंकर प्रसाद कलवारलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटांैडाबाट प्रहरी नायब निरीक्षक केशव भट्टराईको नेतृत्वमा खटिएको टोलीले सई कलवारलाई तस्करी मार्फत भारतबाट अवैध रुपमा नेपाल तर्फ सामान ल्याउन कारोवारीहरुसँग घुस लिई रहेको अवस्थामा निजलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
घुसको रकम सहित पक्राउ परेका सई कलवारलाई थप कारवाहीका लागि अख्तियारको हेटौंडा स्थित कार्यालयमा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button