तपाईँ सुन्दै हुनुहुन्छः

महरालाई फेरि अदालत लगिँदै

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराबारे आज निर्णय हुने संभावना छ । त्यसको लागि महरालाई आज अपरान्ह जिल्ला अदालत लगिँदैछ ।

महरामाथि एक पटकमा २ अभियोग लगाउने तयारी भइरहेको छ । महरालाई प्रहरीले जर्बजस्ती करणी र एउटै कार्यालयकी कर्मचारीसँग करण प्रयास गरी फरक फरक दुई अभियोग लगाउने तयारी गरेको छ ।

महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरुी तिहार अघि नै सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ । तर तिहार बिदाको कारण प्रतिवेलन अध्ययन र निर्णय हुन पाएको थिएन ।

सरकारी वकिल कार्यालयले तिहार बिदा लगत्तै प्रकृया अगाडि बढाएको हो । प्रहरीले तयार पारेर सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदन अदालतले आज अध्ययन गर्ने स्रोतले जनाएको छ ।

प्रहरीले तयार पारेको प्रतिवेदन अनुसार दुवै अभियोगमा सजायको दाबी हेर्दा महरामाथि ५ देखि ७ वर्षसम्म जेल सजाय हुन सक्ने संभावना छ । अभियोग प्रमाणित भई दुबै अभियोगको सजाय खप्टिँदा जेल सजाय बढ्ने स्थिति देखिएको हो ।

संसद सचिवालयकी कर्मचारी बलात्कार आरोपमा महरालाई प्रहरी असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको हो । पक्राउपछि महानगरीय प्रहरी परिसर सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button