तपाईँ सुन्दै हुनुहुन्छः

टी-२० विश्वकपका लागि टुंगो लाग्यो ६ टिम

काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने ६ टिमको टुंगो लागेको छ । बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ टिमको टुंगो लागेको हो ।

यो सँगै विश्वकपमा पुग्ने टिमहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् ।

पपुवा न्युगिनी समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुँदा यता आयरल्यान्ड पनि समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएका हुन् ।

त्यस्तै, सेमिफाइनलको प्लेअफमा नेदरल्यान्ड्सले आयोजक यूएईलाई पराजित गर्दै विश्वकपमा प्रवेश गर्दा नामिबियाले ओमानलाई पराजित गर्दै विश्वकपमा प्रवेश गरेको थियो ।

पाँचौं स्थानको लागि भएको खेलमा स्कटल्यान्डले यूएईलाई पराजित गर्दै विश्वकपमा पुग्दा ओमानले पनि हङकङलाई पराजित गर्दै दोस्रो पल्ट विश्वकप खेल्ने भएको हो ।

बलियो टिम मानिएको हङकङ र यूएई भने यो पटक विश्वकपमा पुग्न सकेनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button