तपाईँ सुन्दै हुनुहुन्छः

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

बेइजिङ –  ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउनुहुनेभएको छ ।

ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उहाँको यो पहिलो भ्रमण हो ।  सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिनुभएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बन्नुभएको थियो भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हाल्नुभएको थियो ।

चीनमा रहँदा उहाँले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्नुहुने कार्यक्रम तय भएको छ ।  उहाँहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button