तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्यान्डका राजाले खोसे चौथी श्रीमतिको शाही पद

एजेन्सी । थाइल्याण्डका राजाले आफ्नी नयाँ श्रीमतीको शाही उपाधि खोसेका छन्। थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी ‘उपपत्नी’ रानी सुथिदाकाे सबै राजकीय उपाधि खोसिदिएका हुन् ।

ती महिलाले विश्वासघात गरेको भन्दै राजाले त्यस्तो निर्णय लिएको जनाइएको छ। थाइल्यान्डको कानुनले राजसंस्थाको अपमान गर्न दिँदैन र त्यहाँको राजद्रोहसम्बन्धी कानुनलाई धेरै कडा मानिन्छ।

राजाले जारी गरेको एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’  बनेकी र उनले ‘आफूलाई महारानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’  उल्लेख छ। तर ति महिलाले के के गरिन् भन्ने उल्लेख छैन ।
अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदासँग गत मे मा विवाह गरेका थिए । ती महिला मेजर जेनरल तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक समेत हुन्।

राजाको यस अघि पनि एक श्रीमतीको शाही पद खोसेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button