तपाईँ सुन्दै हुनुहुन्छः

पूँजी बजारमा गिरावटको क्रम जारी

काठमाडौं । सोमबार नेप्से सूचक १.३३ अंकले ओरालो लागेर ११३२.४० विन्दुमा झरेको छ । यो दिन १४५ कम्पनिको ६ लाख ८ हजार ६०१ कित्ता शेयर १६ करोड ४३ लाख ४९ हजार ५३६ रुपैंयाँमा कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स यो दिन ०.३७ अंकले झरेको छ ।


समूहगत कारोबारमा यो दिन होटल समूह, निर्जिवन वीमा समूह, अन्य समूह, माइक्रोफाइनान्स समूह, जीवन वीमा समूह तथा म्युचल फण्ड समूहको सूचकमा सामान्य वढोत्तरी भएको छ भने यस वाहेक यो दिन कारोबार भएका बैंकिङ्ग समूह, विकास बैंक समूह, हाइड्रोपावर समूह, फाइनान्स समूह तथा उत्पादन समूहको सूचक भने यो दिन पनि ओरालो लागेका छन् ।

१६ करोडको कारोबारमा यो दिन प्रभु बैंकको मात्र शेयर कारोबार १ करोड रुपैंयाँ माथि रहेको छ भने यस वाहेक अरु कुनैपनि कम्पनिको शेयर कारोबार यो दिन करोड नाघ्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button