तपाईँ सुन्दै हुनुहुन्छः

इंगलिस प्रिमियर लिग : युनाइटेडसँग बराबरी खेले पनि लिभरपुलको अपराजित यात्रा कायमै

एजेन्सी । इंगलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ ।

युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा सुरुवाती अग्रता उल्टाएर लिभरपुलले बराबरी खेलेको हो ।

खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८५ औं मिनेटमा एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

यस्तै खेलको ४४ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गरे पनि भीएआर रिभ्युले त्यसलाई गोलको मान्यता दिएन । मानेले बल कन्ट्रोल गर्दा ह्यान्ड गरेका थिए । जसको कारण उक्त गोलले मान्यता पाएको थिएन ।

युनाइटेडसँग बराबरीमा रोकिएपनि लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । यता युनाइटेड भने १३ औं स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button